SHARE
कालिका खबर · शनिबार २३ साउन २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

‘अग्रगामी मोर्चा’ सत्ता प्राप्तिका लागि होइन : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सात राजनीतिक दल मिलेर गठन गरिएको ‘अग्रगामी मोर्चा’ जनताको चाहना र अधिकारका लागि संघर्ष गर्न निर्माण गरिएको बताएका छन् । काठमाडौंमा आयोजित सात दलको अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै राउतले मुलुक संकटमा परेका बेला राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले देशको राजनीतिक इतिहासमा पनि संकट र आवश्यकता अनुसार विभिन्न राजनीतिक शक्ति एकताबद्ध भएर अघि बढेको स्मरण गरे ।