SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

डोङफेङका दुई विद्युतीय बस नाइमा अटो एक्स्पोमा सार्वजनिक हुने

काठमाडौं । चीनको अटोमोबाइल निर्माता कम्पनी डोङफेङका दुई विद्युतीय बस नेपाली बजारमा सार्वजनिक हुने भएका छन् । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा अटो एक्स्पोमा डोङफेङका दुई बस मोडल सार्वजनिक गर्न लागेको हो । कम्पनीका अनुसार डोङफेङ चीनको सरकारी स्वामित्वमा रहेको ठूलो अटोमोबाइल कम्पनी हो ।