दुःख पायो मंगले, आफ्नै ढंगले ! : महेश बस्नेत
काठमाडौं : नेकपा एमालेको सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहलाई सत्ता त्याग्न दबाब बढेको दाबी गरेका छन्। प्रधानमन्त्री शाहको हिजोको स्टाटसले सत्ता छाड्न दबाब बढेको पुष्टि गरेको उनको भनाइ छ। हिजो मध्यराति प्रधानमन्त्रीले फेसबुकमा लेखेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’ प्रधानमन्त्री बालेनले आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ छ।
