SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

‘बा : एक योद्धा’को ‘नभन्नू कोइसित’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरिएको छ । हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा समीक्षा अधिकारी र सागर आलेले स्वर दिएका छन् । पञ्चेबाजाको प्रयोगसहित डान्सिङ बिटमा तयार गरिएको गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य देख्न सकिन्छ ।