ढोरपाटन पुग्ने पर्यटकको संख्या बढ्यो, एक वर्षमा ३७ हजारभन्दा बढी पुगे
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३७ हजार ५२० पर्यटक ढोरपाटन पुगेका छन् । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार पर्यटकको यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १३ हजारले बढी हो ।
