युवा आन्दोलनको दबाबमा मोदी सरकार, बढ्यो राजनीतिक चुनौती
काठमाडौं । भारतमा युवाहरूको नेतृत्वमा भएको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढाएको छ । परीक्षा अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध सुरु भएको आन्दोलन पछि रोजगारी, आर्थिक अवसर र सरकारको काम गर्ने शैलीप्रतिको असन्तुष्टिसम्म विस्तार भएको हो ।
