SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

नेपाल ग्यास उद्योगमा मन्त्री यादवको अनुगमन, ग्यास सहज उपलब्ध गराउन निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै अत्यधिक गुनासो गरेपछि मन्त्री यादवले शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।