SHARE
लोक पथ · शनिबार २३ साउन २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

हुलास फिनसर्भको नाफा ८४ प्रतिशत बढ्दा कुल सम्पत्ति साढे १२ अर्ब नाघ्यो

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको २१ करोड ६१ लाख ७० हजार रुपैयाँको तुलनामा कम्पनीको खुद नाफा ८४.४५ प्रतिशतले बढेको हो ।