शिकार खेल्न गएका टोपबहादुरकाे गोली लागेर मृत्यु
काठमाण्डु– सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।कालिमाटी गाउँपालिका–२ बराहडुंगा बस्ने अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो । सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते मगर साथीहरूसँग शिकार खेल्न गएका थिए।
