SHARE
कालिका खबर · शनिबार २३ साउन २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

सुगौली बिर्ता प्रहरीको एक्सन : करिब १०० लिटर घरेलु मदिरा नष्ट

वीरगञ्ज । इलाका प्रहरी कार्यालय सुगौली बिर्ताले विभिन्न पसलमा अनुगमन तथा कारबाही गर्दै करिब १०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट परिचालित प्रहरी टोलीले विभिन्न स्थानमा रहेका पसलहरूमा अनुगमन गरी अवैध रूपमा राखिएको घरेलु मदिरा नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय सुगौली बिर्ताका प्रहरी नायब निरीक्षक जगेश्वर महतोका अनुसार गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा करिब १०० लिटर घरेलु मदिरा बरामद गरिएको थियो। बरामद गरिएको मदिरा जनप्रतिनिधि, समाजसेवी तथा सञ्चारकर्मीहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।