SHARE
कालिका खबर · शुक्रबार​ २२ साउन २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । स्मार्ट टेलिकमको अर्बौँको सम्पत्ति गैरकानुनी खरिदबिक्री गरेको आरोपमा थुनामा रहेका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। उनकी श्रीमती दिप्ती बस्नेतले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीश शान्तिसिंह थापाको इजलासले थुनामुक्त गर्न अस्वीकार गरेको हो । इजलासले कारण देखाउ आदेश भने जारी गरेको छ ।