शेखरले अस्वीकार गरे कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम लिन अस्वीकार गरेका छन् । सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि विनियोजन गरेको दुई करोड रुपैयाँ लिन अस्वीकार गरेका हुन् ।
