SHARE
कालिका खबर · शुक्रबार​ २२ साउन २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

प्रहरीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

रूकुम पश्चिम । रूकुम पश्चिममा प्रहरीको गाडीले ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ । बिहीबार बेलुकी पौने ८ बजेतिर मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा जिल्ला कारागार कार्यालय रूकुम पश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले क.प्र. ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा आठबिसकोट नगरपालिका–८ स्थायी घर भई हाल मुसिकोट नगरपालिका–१ मठमा बस्दै आएका १८ वर्षीय निवास बोहराको मृत्यु भएको हो । मोटरसाइकल चालक गम्भीर घाइते छन्। मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाहीको बाँकेको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।