हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही गुरुङको राजकीय सम्मानसहित अन्त्येष्टि
काठमाण्डु– पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाण्डुको स्वयम्भूमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । बिहीबार पाकिस्तानबाट नेपाल ल्याइएको उनको पार्थिव शरीरमा अन्त्येष्टिअघि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
