६० अर्बको एक महिने निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो ।
