सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार थियो । चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर चार हजार ५८० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० मा कारोबार भएको थियो ।
