SHARE
Kalo Pati · शुक्रबार​ २२ साउन २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

काठमाडौँ  । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।