SHARE
कालिका खबर · शुक्रबार​ २२ साउन २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयको आलोचना गरेका छन् । दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई चुनौती दिने ट्रम्प प्रशासनको अघिल्लो प्रयास अस्वीकार गरेको थियो । त्यस निर्णयबारे प्रतिक्रिया दिँदै ट्रम्पले भने, “यो निकै प्रतिस्पर्धात्मक निर्णय थियो, तर अत्यन्तै दुर्भाग्यपूर्ण पनि थियो ।” अमेरिकी संविधानको १४औँ संशोधनले अमेरिकी भूमिमा जन्मिएका अधिकांश शिशुलाई स्वतः अमेरिकी नागरिकता दिने व्यवस्था गरेको छ ।