SHARE
कालिका खबर · बिहीबार २१ साउन २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

खाद्य विभागको बजार अनुगमन : पवन स्वीट्ससहित चार खाद्य व्यवसायलाई निर्देशन, भाटभटेनीबाट नमुना संकलन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न खाद्य व्यवसायमा गरेको बजार अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएपछि सुधारका लागि निर्देशन दिएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार अनुगमन गरी आवश्यक कारबाही गरेको जनाएको छ। विभागका अनुसार साउन १९ गते काठमाडौं महानगरपालिका–७ स्थित पवन स्वीट्स प्रा.लि. मा गरिएको अनुगमनका क्रममा भान्सामा खाद्य पदार्थ पत्रपत्रिकाले छोपेर राखिएको, कीट नियन्त्रण प्रभावकारी रूपमा नगरिएको तथा ढक्कनबिनाको फोहोरदानी प्रयोग गरिएको पाइएको थियो। यद्यपि भान्साको सरसफाइ भने सन्तोषजनक रहेको विभागले जनाएको छ।