कुजु नेपालले सार्वजनिक गर्यो याडियाका तीन नयाँ विद्युतीय स्कुटर, नाइमा अटो शोसम्म रु. १० हजार छुट
काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले नेपाली बजारमा नयाँ पुस्ताका याडिया जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई लक्षित गर्दै यी स्कुटर बजारमा ल्याएको जनाएको छ। विश्वकै अग्रणी विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाका यी तीन नयाँ मोडेलले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा तथा प्रिमियम प्रदर्शन चाहने ग्राहकसम्मका आवश्यकता पूरा गर्ने कम्पनीको दाबी छ। स्कुटरहरू लामो रेन्ज, स्मार्ट प्रविधि र उन्नत सुरक्षा सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
