SHARE
Kalo Pati · बिहीबार २१ साउन २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

विस्थापित सुकुम्वासी बालबालिकाको शिक्षा र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्वासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन १८ गते उक्त आदेश जारी गरेको हो ।