SHARE
Kalo Pati · बिहीबार २१ साउन २०८३ ११:३० AM · 1 मिनेट पढाइ

देउवा साउन २६ गते स्वदेश फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं फर्किने भएका छन् । देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार उनी त्यसदिन एक्लै फर्किंदैछन् । परिवारका अन्य सदस्य केही समयपछि फर्किने उनले बताए । देउवा स्वास्थ्योपचारका लागि फागुन १३ मा सिंगापुर गएका थिए ।