SHARE
Kalo Pati · बिहीबार २१ साउन २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

जय नेपाल पार्टी दर्ता गर्दै धवलशमशेर, दुर्गा प्रसाईं सर्वमान्य नेता बन्ने

काठमाडौँ । जय नेपाल पार्टी गठनको तयारीमा जुटेका नेता डा. धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले हिन्दु अधिराज्य स्थापना गर्ने मुख्य लक्ष्यका साथ जय नेपाल पार्टी गठन गर्न लागिएको स्पष्ट पारेका हुन् ।