SHARE
कालिका खबर · बिहीबार २१ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

सप्तकोशीमा बाढी आएपछि रातो बत्ती, २८ वटा ढोका खोलियो

काठमाडौं । सप्तकोशी नदीमा बाढी आएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले नदीमा बाढी आएपछि ब्यारेजका २८ वटा ढोका खोलिएको हो । बिहीबार मध्याह्न १२ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख नौ हजार ५१० क्युसेक पुगेको छ । अहिले ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ ।