SHARE
Kalo Pati · बिहीबार २१ साउन २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाणडौ । आज ३० जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढीको जोखिम रहेको छ ।