SHARE
कालिका खबर · बिहीबार २१ साउन २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

अध्यक्ष ओलीलाई थाहै छैन, महासचिव शंकरको पत्रले मेयरको पदमुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई थाहै नदिई महासचिव शंकर पोखरेलले पार्टीबाट निर्वाचित नगरपालिकाका मेयर सहित वडा अध्यक्षलाई पदमुक्त गराउने किर्तेजालसाझी गरेको रहस्य खुलेको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, सोही पालिकाका वडा नं. ४ का अध्यक्ष रामप्रवेश प्रसाद कुर्मी सहित केही निर्वाचित जनप्रतिनिधिलाई एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई थाहै नदिई कारवाही गरेपछि एमालेमा विवाद चर्किएको छ ।