तीज लक्षित ‘तीजको व्रत’ गीत सार्वजनिक
काठमाडौं । महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीजसम्बन्धी नयाँ गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यसैबीच गायिका मिना बेलवासेले नयाँ तीज गीत ‘तीजको व्रत’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। गीतमा मिना बेलवासेसँगै चर्चित गायिका टिका सानुको स्वर रहेको छ। गीतका शब्द नवीन घिमिरेले लेखेका हुन् भने संगीत तेज सिलवालले दिएका छन्। गीतको एरेन्ज भुमिराज थापा मगरले गरेका छन्। म्युजिक भिडियोमा कृस्टिना साह ठकुरी र सोमिता खनालको अभिनय रहेको छ। भिडियोको निर्देशन शिवजी क्षत्रीले गरेका हुन् भने कलरिङ तथा सम्पादन नवीन घर्ती मगरले गरेका छन्।
