फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी मागेका छन् । यद्यपि, मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका हुन । बढ्दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए ।
