नक्कली परिचयका आधारमा लाखाैँ ठगी गर्ने पक्राउ
काठमाडौँ : रियल स्टेट व्यवसायी तथा मानव अधिकार आयोगको सदस्य हुँ भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। झुटो परिचय दिँदै घरजग्गा मिलाइदिने प्रलोभनमा १६ लाख ठगी गरेको आरोपमा प्रहरीले डोटीको आदर्श गाउँपालिका– ४ स्थायी घर भई काठमाडौं महानगरपालिका– ७ बस्ने हेमराज अवस्थीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अवस्थी विभिन्न मितिमा विभिन्न मानिसहरूलाई एक करोड १४ लाखभन्दा बढी रकमबराबरको खातामा पर्याप्त मौज्दात नभएको चेक जारी गरी बैंकिङ कसुर मुद्दामा समेत फरार रहेका थिए। उनीमाथि काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
