जेनजीको आवरणमा ठूलो रोजगारदातामाथि आक्रमणः भाटभटेनीका १२ आउटलेट खरानी
जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा भाटभटेनी सुपरमार्केटका देशभरका १२ वटा आउटलेट पूर्णरूपमा जलेका छन् । भाटभटेनीका अनुसार अरु ९ वटा आउटलेटमा तोडफोड र लुटपाट भएको छ । कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, विर्तामोड, दमक, विराटनगर र धरानका आउटलेटहरु पूर्णरुपमा ध्वस्त भएका छन् ।
