काठमाडौँमा अब शनिवार बिहानसम्मै कर्फ्यु, यस्तो छ सेनाको नयाँ आदेश
काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्युको समय थपिएको छ। नेपाली सेनाले काठमाडौँ, भक्तपुर र ललितपुरमा निषेधाज्ञा र कर्फ्युको समय बढाएको हो । जस अनुसार यी जिल्लामा भदौ २७ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा रहने छ भने भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु कायम हुने छ ।
