नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा विश्वका ५१ सवारी ब्रान्ड सहभागी हुँदै
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यही साउन २६ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा विश्वप्रसिद्ध ५१ वटा सवारीसाधन ब्रान्ड सहभागी हुने भएका छन्। एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रदर्शनीमा दुईपाङ्ग्रे, यात्रुवाहक चारपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका नवीनतम मोडल, अत्याधुनिक प्रविधि र हरित यातायात समाधान एकै स्थानमा अवलोकन गर्न सकिनेछ।
