पल्सरको २५ वर्ष: ‘माई पल्सर स्टोरी’ अन्तर्राष्ट्रिय अभियान सुरु, नेपालका राइडरलाई पनि अवसर
काठमाडौं । बजाज ग्लोबलले पल्सर ब्रान्डको २५ वर्ष पूरा भएको अवसरमा ‘माई पल्सर स्टोरी’ नामक अन्तर्राष्ट्रिय अभियान सुरु गरेको छ। यस अभियानमार्फत नेपालसहित विभिन्न देशका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकलाई आफ्ना अनुभव र प्रेरणादायी कथा साझा गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपाल पनि यो विश्वव्यापी अभियानको हिस्सा बनेको छ। नेपाली राइडरहरूले आफ्नो पल्सरसँग जोडिएको यात्रा, अविस्मरणीय क्षण वा विशेष अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।
