SHARE
कालिका खबर · बुधबार २० साउन २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

एउटा फोटोले जिताउन सक्छ नयाँ Ather स्कुटर, NAIMA 2026 मा फेरि मेगा गिभअवे

काठमाडौं । NAIMA Mobility Expo 2026 को अवसरमा Ather Energy Nepal ले आगन्तुकहरूका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत प्रदर्शनीमा सहभागी हुने एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर पाउनेछन्। गत वर्ष सञ्चालन गरिएको यस्तै अभियानमार्फत सालिक राम कँडेलले Ather Rizta स्कुटर जित्न सफल भएका थिए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र लोकप्रियतापछि कम्पनीले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएको जनाएको छ। प्रतियोगितामा सहभागी हुन आगन्तुकले Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्नुपर्नेछ।