SHARE
काठमाण्डुपाटी · बुधबार २० साउन २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

पूर्वसचिव न्यौपानेलाई साढे ४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाण्डु – विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुट सम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे ४ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी