ग्याँस आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन
काठमाण्डौ । नेपाल आयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन ‘क्विक रेस्पोन्स टिम’ अर्थात् द्रूत प्रतिकार्य टोली गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले आजैदेखि काम शुरू गरिसकेको निगमले जनाएको छ ।
