SHARE
कालिका खबर · बुधबार २० साउन २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

गुनासोपछि आकस्मिक अनुगमन: दुई खाद्य व्यवसायलाई सुधार गर्न निर्देशन

काठमाडौं । ले प्राप्त गुनासोको आधारमा आकस्मिक बजार अनुगमन गर्दा काठमाडौंका दुई खाद्य व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निर्देशन तथा कारबाही गरेको जनाएको छ। विभागका अनुसार साउन १८ गते गरिएको अनुगमनमा टोखा–८ स्थित एन. एस. ग्रुप इन्डस्ट्रीज प्रा.लि. मा सरसफाइमा कमी, कुच्चिएका पानीका जार प्रयोग गरिएको, टायल टुटफुट तथा लेउ लागेको, प्रशोधित पानीले जार सफा नगरिएको र जार प्याकेजिङअघि यूभी (UV) शुद्धीकरण नगरिएको भेटिएको थियो। उजुरीमा उल्लेख भएअनुसार जारको पानीमा भने किरा फेला नपरेको विभागले जनाएको छ।