पुतलीसडकका दुइ होस्टल र म:म पसललाई खाद्य बिभागको कार्वाही
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिका को संयुक्त बजार अनुगमन टोलीले प्राप्त गुनासोका आधारमा साउन १९ गते काठमाडौंका तीन खाद्य व्यवसायमा आकस्मिक अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार निर्देशन तथा कारबाही गरेको छ। अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–२९ पुतलीसडकस्थित थकाली गर्ल होस्टेल को भान्सा साँघुरो, सरसफाइ असन्तोषजनक, साङ्लाको प्रकोप रहेको, एक्जस्टको व्यवस्था कमजोर तथा अनावश्यक सामग्री भण्डारण गरिएको पाइएको विभागले जनाएको छ। उजुरीमा उल्लेख भएअनुसार खानामा किरा वा मरेको साङ्ला भने फेला नपरेको विभागको भनाइ छ।
