रोयल इन्फिल्डको सीमित संस्करण ‘शटगन ६५० रफ क्राफ्ट्स’ तीन मिनेटमै सोल्ड आउट
काठमाडौं । रोयल इन्फिल्डको सीमित संस्करण शटगन ६५० रफ क्राफ्ट्स (Shotgun 650 x Rough Crafts Edition) विश्वभरका मोटरसाइकल पारखीमाझ अत्यधिक लोकप्रिय बनेको छ। कम्पनीले उत्पादन गरेका सबै १०० वटा सीमित संस्करण सार्वजनिक भएको छोटो समयमै पूर्ण रूपमा बिक्री भएका छन्। भारतका लागि छुट्याइएका २५ वटा मोटरसाइकल मात्र बुकिङ खुलाएको तीन मिनेटमै बिक्री भएका हुन्। ५ लाख ७५ हजार भारतीय रुपैयाँ मूल्य निर्धारण गरिए पनि यस विशेष संस्करणप्रति उपभोक्ताको उत्साह निकै उच्च देखिएको छ।
