SHARE
कालिका खबर · बुधबार २० साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

कप्तानगञ्ज घटनाको छानविनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारले वनाएको समिति सरकारका कमजोरी लुकाउने समितिमा सिमित हुने संशय विद्यमान रहेकाले स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय उच्चस्तरीय न्यायीक आयोग गठनको माग गरेको हो । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकारी संयमता र जवाफदेहिताको अभाव देखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।