SHARE
कालिका खबर · बुधबार २० साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

पार्टीको गीत नजान्नेलाई पार्टीबाट निकाल्ने हर्क साम्पाङको चेतावनी !

झापा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका सबै नेता–कार्यकर्ताले पार्टीको आधिकारिक गीत अनिवार्य रूपमा कण्ठ गर्नुपर्ने बताएका छन्। गीत गाउन नसक्ने व्यक्तिलाई पद वा जिम्मेवारीको आधारमा कुनै छुट नदिइने चेतावनी पनि उनले दिएका हुन्। झापाको दमकमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले पार्टीको विचार र अभियानलाई जनस्तरसम्म पुर्‍याउन गीतलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिने बताए। उनले पार्टीका केन्द्रीय तहका नेताहरूको समेत परीक्षा लिने उल्लेख गर्दै गीत गाउन नसके पार्टीबाट हटाउने चेतावनी दिए । ‘दमकले सुनुञ्जेल पार्टी सदस्यहरूले यो गीत गाउनु र गुञ्जाउनुपर्छ ।