SHARE
कालिका खबर · बुधबार २० साउन २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई कारबाही

काठमाडौँ : वैदेशिक रोजगार विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएका थप ३९ वटा म्यानपावरलाई कारबाही गरिएको छ । विभागले एक सूचना जारी गर्दै स्वीकृतिविना विदेशी विमानस्थलको प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै उनीहरूलाई ५० हजार रूपैयाँका दरले जरिबाना गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाउनुपर्ने व्यवस्था छ ।