SHARE
Kalo Pati · बुधबार २० साउन २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

तोलामा ४ हजार २०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो। मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार २०० रुपैयाँले बढेको हो।