SHARE
काठमाण्डुपाटी · मङगलबार १९ साउन २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

गजनी स्टार प्रदीपसिंह रावतको निधन

काठमाण्डु– भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको हो । ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको अभिनेत्री विपना थापाले जानकारी दिइन्। उनी हिन्दीसँगै तेलुगु, तमिल, कन्नड, मलयालम र भोजपुरी भाषाका चलचित्रहरूमा आफ्नो दमदार अभिनयका लागि परिचित छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी