SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

बालबालिकाको तस्बिर र भिडियो प्रकाशन नगर्न मानव सेवा आश्रमलाई निर्देशन

काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्ले मानव सेवा आश्रमलाई बालगृहमा संरक्षणमा रहेका बालबालिकाको पहिचान खुल्ने गरी तस्बिर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न तथा यसअघि सार्वजनिक गरिएका त्यस्ता सबै सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।