नाइमा मोबिलिटी एक्स्पो २०२६ मा महिन्द्राको नयाँ फ्ल्यागसिप ईभी ‘एक्स ईभी ९एस’ डेब्यु हुँदै, ६७९ किमीसम्म रेन्ज
काठमाडौं। नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी) प्रति आकर्षण तीव्र रूपमा बढिरहेका बेला भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आफ्नो नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयुभी ‘महिन्द्रा एक्स ईभी ९एस’ (Mahindra XEV 9S) नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो गाडी नेपालमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक डेब्यु गर्ने कम्पनीले जनाएको छ। महिन्द्राको इलेक्ट्रिक लाइनअपमा यसअघि सार्वजनिक भएका बीई ६ र एक्स ईभी ९ई पछि कम्पनीले आफ्नो सबैभन्दा ठूलो र प्रिमियम इलेक्ट्रिक एसयुभीका रूपमा एक्स ईभी ९एस ल्याउन लागेको हो।
