आपूर्ति सहज बनाउन ग्यास आयात बढाउने सरकारको तयारी
काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्यालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास अभाव हुनुको कारण र तत्काल समाधानका उपायबारे वृहत् छलफल भएको छ ।
