SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा उनले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताएका हुन् ।