SHARE
मकालु खबर · मङगलबार १९ साउन २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

सत्तापक्ष सांसदहरू भन्छन्- भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध रहेको बताएका छन् । प्रतिपक्षका तर्फबाट प्रस्तुत भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उनीहरुले विगतका सरकारले उक्त समस्यालाई दृढतापूर्वक समाधान गर्न नसकेको आरोप लगाएका थिए ।