तीन दिने खेलकुद प्रदर्शनी सुरु
काठमाडौं । नेपाली खेलकुद इतिहास र उपलब्धिलाई संरक्षणका साथै प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु भएको तीन दिने खेलकुदसम्बन्धी प्रदर्शनी मंगलबारबाट सुरु भएको छ । नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले आयोजनामा नेपाल आर्ट काउन्सिलमा सुरु भएको उक्त प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे ।
